केहिदिन यता लकडाउनको अन्यौलताले लगातार घट्दै आइरहेको नेपाली शेयर बजार निषेधाज्ञाको घोषणा भएपछि आज भने ह्वात्तै बढेको छ।
लकडाउनको घोषणा भएपछिको पहिलो दिन आज (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हरियाली छाएको छ ।
आज नेप्से ९२.४६ अंकले बढेर दुई हजार पाँच सय ९९ दशमलब ०८ विन्दुमा पुगेको छ भने ५ अर्ब १० करोड ४५ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका सबै समूह हरियाली भएका छन् भने ११ कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
सोमबार भने ६५.५८ अंकले घटेर दुई हजार पाँच सय ६ दशमलब ६२ विन्दुमा थामिएको थियो ।