logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

परीक्षा दिन गएकी छात्राको लडेर मृत्यु


अंकुरण खबर
1.248K
Shares

परीक्षा दिन हिँडेकी एक छात्राको बाटामै लडेर मृत्यु भएको छ ।

छत्रेश्वरी गाउँपालिका वडा नं २ अत्तरकाँडा निवासी चन्द्रकला सार्कीको मृत्यु भएको हो ।

छत्रेश्वरी-१ स्थित भानुभक्त मावि दमाचौर कक्षा १० की सार्कीको आज बिहान गणित विषयको परीक्षा दिन जाने क्रममा बाटामै सल्ली कुसुममा चिप्लिएर लडेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।