logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्सामा बिहीबारदेखि एक साता निषेधाज्ञा


अंकुरण खबर
1.222K
Shares

पर्सा जिल्लामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को मंगलबार बसेको बैठकले बिहीबार बिहान ४ बजेदेखि लागू हुने गरी निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको जानकारी दिएको छ ।

कोरोना भाइरस संक्रमण बढ्न थालेपछि नियन्त्रणका लागि निषेधाज्ञा गर्ने निर्णय गरिएको हो ।