यातायात व्यवस्था विभागले सवारी साधन लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ ।
विश्वभरी फैलिदै गईरहेको नयाँ भेरियन्टको कोभिड-१९ महामारीका कारण देखाउदै विभागले आज सूचना निकालेर अनलाइन आवेदन बन्द गरेको हो ।
बैशाख १६ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिने विभागले सूचना जारी गरेको छ ।