कोरोना संक्रमणका कारण कपिलवस्तुमा मंगलबार दुई जनाको मृत्यु भएको छ ।
बाणगँगा र बुद्धभुमी नगरपालीका निवासी दुई जनाको कोरोना संक्रमणबाट मंगलबार मृत्यु भएको हो ।
कोरोना माहामारीको दोस्रो लहर फैलिएसँगै जिल्लामा वितेको एक सातामा ज्यान गुमाउनेको संख्या सात पुगेको छ । सक्रिय संक्रमित एक सय ९२ रहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए ।
भारतका विभिन्न ठाउँमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रोजगारीका लागि पुगेकाहरु नेपाल फर्कने क्रमसँगै संक्रमितको संख्या बढेको स्वास्थ्य अधिकारी बताउँछन्। सक्रिय संक्रमितको जिल्लाका विभिन्न स्वास्थ्य संस्थाका साथै बुटवलमा उपचार भइरहेको जनाइएको छ ।