दाङमा यहि बैशाख १७ गतेबाट लकडाउन हुने भएको छ।
प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा घोराहीमा आज बसेको सरोकारवालाहरुको बैठकले दाङमा ९ दिन लकडाउन गर्ने निर्णय पारित गरेको हो।
बैठकले यहि बैशाख १७ गते विहान छ बजेदेखी २५ गते बेलुकी छ बजे सम्म जिल्लाव्यापी लकडाउन गर्ने निर्णय गरेको हो।
खाद्यन्न पसल भने दैनिक विहान ६ बजेदेखी ८ बजे सम्म खुल्नेछ। यस्तै अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात सन्चालनमा रोक लगाईएको छ।
यस्तै, बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डि अस्पताललाई ६५ वेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक सय वेडको बनाउने निर्णय गरेको छ।