logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काँग्रेसको केन्द्रीय समिति बैठक बस्दै


अंकुरण खबर
728
Shares

नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।

कोरोना महामारीका कारण १४ औं महाधिवेशन फेरि प्रभावित हुने देखिएपछि आज दिउँसो २ बजे बैठक बस्न लागेको हो । आगामी भदौमा महाधिबेशन गर्ने भनिएपनि अहिलेसम्म क्रियाशिल सदस्यता इन्ट्री हुन सकेको छैन ।

कोरोना महामारीको दोस्रो लहर बढेपछि महाधिवेशन प्रभावित हुने देखिएको छ । बैठकमा महाधिवेशनका अलवा कोरोना महामारी र संघ र प्रदेश सत्ता समीकरणका सन्दर्भमा पनि छलफल हुने बुझिएको छ ।

आइतबार बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा १४ औं महाधिवेशनलाई प्रमुख एजेण्डा बनाएर केन्द्रीय समितिमा छलफल गर्ने सहमति भएको थियो । काँग्रेसले केन्द्रदेखि प्रदेशसम्म नेकपा एमाले नेतृत्वको सरकार विस्थापनका लागि अग्रसरता लिएको देखिन्छ ।