गण्डकी प्रदेशका तीनजना सांसद र एकजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेश प्रयोगशालाका अनुसार एमाले सांसद राजीव पहारी, प्रभा कोईराला र नेपाली कांग्रेसकी सांसद मनकुमारी गुरुङ र कर्मचारी सुश्मा गुरुङलाई कोरोना पोजेटिभ देखिएको हो।
प्रयोगशालाका अनुसार मंगलबार स्वाब संकलन गरिएका १ सय ५३ मध्ये ४ जनालाई पोजेटिभ देखिएको हो। पोजेटिभ देखिएका राजीव पहारीले मंगलबारको प्रदेशसभा बैठकमा सांसदहरूको पीसीआर परीक्षणको माग गरेकाक थिए। उनको माग बमोजिम प्रदेशसभाको बैठक स्थगित गरेर आज १ बजेका लागि डाकिएको छ।
गण्डकी प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिमा सहमति भए अनुसार अब तीन जना सांसदले संसदमा बोल्न पाउने छैनन्। तर उनीहरूले मुख्यमन्त्री पृथ्वीसुबा गुरुङ विरुद्ध ल्याइएको अविश्वास प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्न भने पाउने छन्।