logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

भारतमा एकैदिन ३२ सय बढीको मृत्यु, ३ लाख ६० हजार बढीमा संक्रमण पुष्टि


अंकुरण खबर
1.365K
Shares

भारतमा कोरोना संक्रमणको दोस्रो लहरमा एकैदिन ३ हजार बढीको मृत्यु भएको छ ।

गएको २४ घण्टामा ३२ सय ९३ को मृत्यु भएको हो । यो हालसम्मकै सबैभन्दा उच्च मृत्युदर हो । भारतमा अहिलेसम्म मर्नेको संख्या दुई लाख बढी भएको छ ।

यसैगरी गएको २४ घण्टामा ३ लाख ६० हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले भारतमा २९ लाख ७८ हजार ७०९ सक्रिय संक्रमित छन् ।