कोरोना परीक्षण समेत गरेर बुधबार बस्ने गरी बोलाइएको कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ।
बढ्दो कोरोना संक्रमण महामारीका कारण आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित गरिएको हो ।
काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केही नेता र कर्मचारीमा कोरोना संक्रमण देखिएकाले बैठक स्थगित गरिएको जनाए ।
बैठक तयारीका क्रममा गरिएको पीसीआर परिक्षणमा केन्द्रीय कार्यसमितिका केही साथीहरु एवं केन्द्रीय कार्यालयकै कर्मचारीहरु समेतमा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तो स्थितिमा कोरोनाको तिब्र संक्रमण बढिरहेको बेला ठुलो संख्यामा उपस्थित भइ बैठक गर्नु अनुपयुक्त देखिएकाले निर्देशानुसार बैठक स्थगन गरिएको छ’, पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
समसामयिक राजनीति, पार्टीको १४ औँ महाधिवेशन, क्रियाशील सदस्यता लगायत विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको थियो ।