logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन वैशाख १९ गते देखि


अंकुरण खबर
1.391K
Shares

लुम्बिनी प्रदेशको विशेष अधिवेशन वैशाख १९ गते बोलाइएको छ।

विपक्षी दलले दिएको समावेदनको आधारमा विशेष अधिवेशन बोलाइएको हो। प्रदेशका सूचना अधिकारी दिनेश अधिकारीका अनुसार वैशाख १९ गते आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।

वैशाख ६ गते विपक्षी दलले लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

विशेष अधिवेशनमा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ।

गत चैतमा नै प्रदेशसभा अधिवेशन अन्त्य गरिएको थियो।