नेपाली बजारमा बुधबार सुनको मूल्य सात सय रुपैयाँले घटेको छ ।
आज छापावाला सुन तोलामा सात सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ५०० रुपैयाँमा कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ कायम भएको छ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३०५ रुपैयाँमा कायम भएको छ।