logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेश सभा बैठक : कोरोना संक्रमितलाई बस्ने छुट्टै व्यवस्था


अंकुरण खबर
611
Shares

गण्डकी प्रदेश सभाको जारी विशेष अधिवेशनमा कोरोना संक्रमित प्रदेश सभा सदस्यहरुलाई बस्नको लागि छुट्टै व्यवस्था गरिएको छ।

बैठकको सुरुवातमै सभामुख नेत्रनाथ अधिकारीले कोरोना परीक्षणमा पोजेटिभ रिपोर्ट आएका सांसद्हरुलाई बस्नको लागि विशेष व्यवस्था गरिएको जानकारी दिए। केही माननीय सदस्यहरुको पोजेटिभ रिपोर्ट आएको जानकारी भएको छ। उहाँहरुलाई बस्नको लागि विशेष व्यवस्था गरिएको छ’, उनले भने।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमाथि परेको अविश्वास प्रस्तावमाथि बुधबार पनि छलफल जारी छ। मुख्यमन्त्री गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्तावलाई आजै निर्णयार्थ पेश गर्ने तयारी भएको छ । अविश्वास प्रस्तावमाथि आजै छिनोफानो गर्ने उद्देश्यले सांसदहरुको बोल्ने क्रम छोट्याइएको प्रदेशसभा सचिवालय स्रोतले जनाएको छ ।

केहीबेर अघि बसेको बैठकमा सांसदहरुले अविश्वास प्रस्तावमाथि टिप्पणी गर्ने क्रम सुरु भएको छ । केही सांसदले छलफलमा भाग लिइसकेपछि मुख्यमन्त्री गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ ।  त्यसपछि सभामुखले अविश्वास प्रस्ताव निर्णयार्थ पेश गर्न अनुमति दिने र सांसदहरुले मतदान गर्ने जनाइएको छ ।

मंगलबार सत्तारुढ एमालेका तर्फबाट राजीव पहारीले पिसिआर परीक्षण नगरी बैठक सञ्चालन नगर्न आग्रह गरेका थिए। त्यसपछि एमाले प्रदेश सभा सदस्यहरुले बैठक अवरोध गरेका थिए।