logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णालीका तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ


अंकुरण खबर
1.131K
Shares

कर्णाली प्रदेशका तीन जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार दिउँसो तीन जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीद्वारा शपथ ग्रहण गरेका हुन् ।

वैशाख ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका उनीहरूको वैशाख १३ गते सांसद पद गुमेको थियो ।

नेकपा एमालेको ह्विप विपरीत फ्लोर क्रस गरी मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका उनीहरूलाई एमालेले कारबाही गरी सांसदबाट हटाएको हो । फ्लोर क्रस गरेको दुई दिनमै माधव कुमार नेपाल समूहका उनीहरूले मन्त्री पद पाएका हुन् ।

फ्लोर क्रस लगत्तै मन्त्री बनेका उनीहरुलाई सांसद पद गुमेपछि पुनः नियुक्त गरिएको हो । सांसद पद गुमिसकेका कारण उनीहरू ६ महिना मात्रै मन्त्री हुन पाउने कानुनी प्रावधान छ ।