नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) बुधबार उतार चढावका बीचमा बन्द भएको छ ।
आज कारोबारको शुरुवाती समयमा नेप्से सूचकांकमा सामान्य वृद्धि सहित कारोबार भइरहेको थियो । तर, बजार बन्द हुने बेलासम्म आइपुग्दा बजार १३.७९ प्रतिशतले घटेर नेप्से दुई हजार पाँच सय पचासी दशमलब २८ अंकमा बन्द भएको छ ।
बजार खुलेको केहि समयपछि नै २ हजार ५ सय ६७ सम्म २ हजार ६ सय २२ सम्म पृगेको थियो । त्यस्तै, बुधबार तीन अर्ब ९८ करोड त्रिपन्न लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार बजार ९२.४७ अंकले बढेको थियो ।