logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारद्वारा १२० जना नेता कार्यकर्ताको मुद्दा फिर्ता (नामसहित)


अंकुरण खबर
2.106K
Shares

मन्त्रिपरिषद् बैठकले १२० प्रदिवादीको मुद्धा फिर्ता लिने निर्णय गरेको छ।

आज मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले मधेश आन्दोलनसँग सम्बन्धित १२० जनाका मुद्धा फिर्ता लिने निर्णय भएको जानकारी दिएका छन्।

मन्त्रिपरिषदको बैठकले मधेश आन्दोलनलगायत विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित अन्य मुद्दा पनि क्रमशः फिर्ता लिने निर्णय भएको मन्त्री गुरुङले बताए।

जनता समाजवादी पार्टीले आफ्ना नेता तथा कार्यकर्ताविरुद्ध दायर भएका मुद्दा फिर्ता लिन माग गर्दै आएको थियो। मुद्दा फिर्ता भएका अधिकांश उक्त पार्टीका नेता तथा कार्यकर्ताहरू भएको बताइएको छ। मुद्दा फिर्ता भए जसपाले सरकारलाई समर्थन गर्न सक्ने बताउँदै आएको थियो।

क-कसको मुद्धा फिर्ता लिइयो हेर्नुहोस्: