logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली नसच्चिएसम्म संघर्ष जारी राख्ने नेपाल पक्षको निर्णय


अंकुरण खबर
845
Shares

नेकपा एमालेको नेपाल–खनाल पक्षले पार्टी अध्यक्ष केपी ओली शर्माविरुद्धको आन्तरिक संघर्ष जारी राख्ने भएको छ ।

कलंकीस्थित मेगा पार्टी प्यालेसमा बुधबार बसेका स्थायी कमिटी बैठकले कोरोना भाइरसको महामारी बढेका कारण केही गतिविधि स्थगित गर्नु परेपनि आन्तरिक संघर्षलाई जारी राख्ने निष्कर्ष निकालिएको उपाध्यक्ष भीम रावलले बताए ।

‘केपी ओलीजीले स्वेच्छाचारी ढंगले विधान विपरीत चलाएका गतिविधिविरुद्ध शुरु गरिएको अभियान जारी राख्ने भन्ने निष्कर्ष निकालिएको छ,’ बुधबारको बैठकमा भएका निर्णयबारे जानकारी दिँदै रावलले भने, ‘केपी ओली नसच्चिएसम्म हाम्रो अभियान जारी रहन्छ ।’

नेता रावलले बुधबारको बैठकमा संगठन निर्माणको सम्बन्धमा संक्षिप्त समीक्षा गरिएको पनि बताए ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले आफूहरूलाई निषेध गरेर पार्टी विधानविपरीत एकलौटी निर्णय गरेको आरोप लगाउँदै आएको खनाल–नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला गरेर पछिल्लो समय समानान्तर कमिटी गठनलाई तीव्रता दिँदै आएको छ।