नेपालमा एकैदिन ४८ सय भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ९७ जना कोरोना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ८७९ जनाको पिसिआर र ९ हजार ५५ जनाको एन्टीजेन परीक्षण गर्दा चार हजार ८९७ जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख १२ हजार ६९९ पुगेको छ ।
गत २४ घण्टा ७७३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप २ हजार ४७ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १ हजार ४ सय ६४ जना, ललितपुरमा ३५१ जना र भक्तपुरमा २४७ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर संक्रमितको संख्या ३० हजार २ सय ९ रहेको छ। जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन्।
पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ हजार २११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।