logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्डकी पत्नि सीता दाहालको स्वास्थ्यमा क्रमिक सुधार


अंकुरण खबर
2.236K
Shares

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नि सीता दाहालको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि दाहाललाई मंगलबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। उनमा सोडियमको मात्रा कम भएपछि अस्पलताल लगिएको थियो।

‘आमालाई दुई दिनदेखि शरीरमा सोडियमको मात्रामा कमी र पिसाबमा इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको छ’, प्रचण्डकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत् लेखेकी छन्,‘ अहिले आमाको स्वास्थ्यमा क्रमिक सुधार छ।’

सीता लामो समयदेखि पार्किन्सन जस्तो एक जटिल प्रकारको रोगले पीडित छिन्। पार्किन्सनको उपचारका लागि उनलाई अमेरिका, सिंगापुर, भारतसमेत लगिएको थियो।