कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण लागि भन्दै सरकारले आजदेखि बैशाख अन्तिमसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञाको पूर्ण पालना गराउन विहानैदेखि प्रहरी चेकिङ बाक्लो बनाइएको छ । काठमाडौं भित्रिने र बाहिरिनेल नाकाहरुमा विहानैदेखि कडाई सुरु गरिएको छ । काठमाडौँ उपत्यकाका अहिले सुनसान देखिएको छ । सडकमा अत्यावश्यक सवारीसाधन मात्रै गुडेका देखिन्छन् ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको अनुगमन गर्ने जनाइएको छ । घरमै बसी सुरक्षित रहन सरकारले सबैलाई आग्रह गरिरहेको छ ।
कोरोना भाइरसको दोस्रो भेरियन्टको चेन ब्रेक गर्न मन्त्रिपरिषदको बैशाख १३ गते बसेको बैठकले १५ दिनका लागि उपत्यकामा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो ।
निषेधाज्ञामा स्वास्थ सावधानी अप्नाउदै स्वास्थ्यकर्मी, स्वास्थ्य सामाग्री बोकेका सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी तथा कर्मचारी, पत्रकार, खाद्य सामाग्री बोकेका सवारी, खाद्य पसलहरु दूध, पानीका सवारीहरु निर्वाध चलेका छन् भने अन्य बन्द भएका छन् ।