जसपा संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ।
शल्यक्रियाका लागि डा. भट्टराई आज काठमाडौंस्थित वीर अस्पतालमा भर्ना हुने भएका छन् । भट्टराईको भोली शल्यक्रिया हुने उनको सचिवालयले जनाएको छ।
यसअघि उनले भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गराएका थिए । वायोप्सीसहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको तर ट्युमर चाडै निकाल्नु पर्ने सुझाव दिए अनुसार शल्यक्रिया गर्न लागेका हुन्।