अहिले काठमाडौंसहित देशका धेरै ठाउँको मौसम सफा रहेको छ ।
पहाडी क्षेत्रका केही ठाउँमा आंशिकदेखि सामान्य र तराईका थोरै ठाउँमा आंशिक बद्ली भएकाबाहेक देशभरको मौसम सफा रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।
आज दिउँसोपछि भने पहाडका केही ठाउँमा मेघगर्जनसहित सामान्य पानी पर्ने सम्भावना रहेको छ । यस्तै तराईका एक/दुई ठाउँमा दिउँसोपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाडौंसहित देशका धेरै ठाउँको मौसम सफा रहेको छ ।
यस्तै आज राति तराईमा आंशिक बद्ली र पहाडी क्षेत्रमा सामान्य बद्ली रहनेछ । पहाडी भूभागका एक/दुई ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको उनले बताए । तर अबको केही दिन ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् श्रेष्ठको भनाइ छ ।