logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वरानी कोमल शाह आईसियूमा


अंकुरण खबर
2.86K
Shares

कोरोना संक्रमण भएर नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल शाहलाई आईसियूमा भर्ना गरिएको छ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई धेरै नै अक्सिजन दिनु परेकाले उनलाई आईसियूमा भर्ना गरिएको हो ।

अहिले उनलाई प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिइएको अस्पतालले जनाएको छ ।
कोरोना संक्रमण भएर सोही अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्रको अवस्था भने सामान्य रहेको छ ।

शाह दम्पतीमा वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसअघि उनीहरू भारतको हरिद्वार भ्रमण गएका थिए।