logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भीड बढेको गुनासो आएपछि सडकमा निस्किए काठमाडौंका सीडीओ


अंकुरण खबर
2.314K
Shares

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले थानकोटको भीडभाड विस्तारै नियन्त्रण हुने बताएका छन्।

कलंकी लगायत क्षेत्रमा भीडभाड बढेको गुनासो आएपछि महानगरीय प्रहरी परिसरका प्रमुख, ट्राफिक महाशाखाका प्रमुखसहित थानकोट पुगेका प्रजिअ पराजुलीले बाहिरबाट आएका सवारी साधानका कारण भीडभाड बढेको बताए।

उनले भने- ‘दिनभर बसेर हामी अनुगमन गर्छौं। फिल्डमै खटिएर अनुगमन गर्दा वास्तविक समस्यामा परेकाहरूको उद्दार गर्ने छौं। कामबिनै निस्किएकाहरूलाई कारबाही गरिने छ।’