गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीले आफू पार्टीको निर्णयप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।
बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफ्नो सहभागीता रहेको भन्दै पार्टी निर्णयप्रतिको प्रतिबद्धता कायमै रहेको स्प्ष्ट पारेका हुन् ।
उनले आफू अस्वस्थ् भएका कारण बुधबारको बैठकमा उपस्थित हुन नसकेकोले कुनै भ्रममा नपर्न पनि आग्रह गरेका छन् ।
बुधबार मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने कार्यक्रम थियो ।
यस अघि आजै राष्ट्रिय जनमोर्चाले एक विज्ञप्ति जारी गर्दै पार्टीका जिम्मेवार केन्द्रीय नेता तथा गण्डकी प्रदेशका सांसदहरु जाँदा पनि उनलाई भेट गर्न नदिइएको, एक प्रकारको बन्दीका रुपमा राखिएको भन्दै त्यसको कारण सार्वजनिक गर्न माग गरेको थियो ।
