logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

जाजरकोटमा शनिबारदेखि निषेधाज्ञा


अंकुरण खबर
1.365K
Shares

जाजरकोट जिल्लामा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ५६ पुगेपछि शनिबारदेखि निषेधाज्ञा जारी हुने भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र, सर्वदलिय सर्वपक्षिय समन्वयात्मक बैठक र जिल्ला सुरक्षा समितिको बैठकले कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै वैशाख १८ गते शनिवार राति १२ बजेदेखि लागू हुने गरि एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

बैठकले कोरोना सङ्क्रमणको जोखिमलाई मध्य नजर गर्दै जोखिम नियन्त्रण, रोकथाम र उपचारका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ बमोजिम १८ गते राती १२ बजेदेखि वैशाख २५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

बैठक तथा वित्तिय सेवा, सवारी साधन, पसल, व्यवसाय सञ्चालन र आवाश्यक काम बाहेक हिँडडुलमा समेत रोक लगाउने गरी निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए ।

उनले निषेधाज्ञाको समय तरकारी, खाद्यान्न, दुध, ग्यास, खानेपानी लगायतका पसल भने बिहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न दिईने बताए । साथै एटिएम सेवा, औषधि पसल, एम्बुलेन्स लगायतका सेवा सुचारु नै रहने पनि उनले बताए ।