काठमाडौं उपत्यकासहित देशभरी मौसम बदली भएको छ ।
बिहीबार देशका अधिकांश क्षेत्रमा बर्षा भइरहेको छ । अहिले हावाहुरी र मेघगर्जनसहितको वर्षाले काठमाडौं उपत्यकामा दिउँसै अन्धकार छाएको छ ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण नेपालको सबै प्रदेशको पहाडी क्षेत्रमा वर्षा भइरहेको जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त क्षेत्रमा दुई दिनसम्म पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।
तराई क्षेत्रमा पनि मौसम बदली भई वर्षा भएको छ । तर ठूलो पानी नपर्ने सम्भावना भने रहेको विभागले जनाएको छ ।