अविश्वास प्रस्तावको सामना गरिरहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बिस्तार गरेका छन्।
मुख्यमन्त्री गुरुङले आज क्याबिनेट विस्तार गर्दै स्वतन्त्र सांसद राजिव गुरूङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका छन्।
सामाजिक विकास मन्त्रालयबाट फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको हो। मनाङेलाई आजै सपथ खुवाइने छ।
आफूविरूद्ध अविश्वास प्रस्ताव आइरहेका बेला मुख्यमन्त्री गुरूङले मन्त्रिपरिषद विस्तार गरेका हुन्।
बुधबार राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि प्रदेशसभा बैठक अनिश्चिकालका लागि स्थगित भएको छ।