पछिल्लो २४ घण्टामा नेपाल थप ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ५९७ जनाका पीसीआर र ९६३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा चार हजार ९२८ जनामा संक्रमण पुष्टि भएको हो।
हालसम्म नेपालमा संक्रमित हुनेको सख्या तीन लाख १७ हजार ५३० पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको छ।
आज देशभर ८८८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म २ लाख ८० हजार १६७ संक्रमित निको भइसकेका छन्। देशभर ५९ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर गरी थप ३५ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।