logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोलिबाट निषेधाज्ञामा थप कडाई गर्ने गृहमन्त्रालयको तयारी


अंकुरण खबर
754
Shares

गृहमन्त्रालयले काठमाडौं उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा लकडाउनलाई थप कडाई गर्ने जनाएको छ।

आजबाट उपत्यका लगायत कोरोना बढी भएका स्थानमा निषेधाज्ञा लागू भएको छ। तर, लकडाउन फितलो देखिएको भन्दै गुनासो आइरहेका छन्। आज राजधानीका सडकमा गाडीको जाम नै देखिएको छ ।

गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले विहीबार निषेधाज्ञाको पहिलो दिन भएकाले धेरैलाई यसको प्रोटोकलबारे जानकारी नभएकाले दोस्रो दिनबाट कडाइ हुने बताए।

‘निषेधाज्ञाको पहिलो दिन सडकमा केही भीड र ट्राफिक जाम देखिएको छ’ उनले भने, ‘भोलिदेखि काठमाडौंको निषेधाज्ञालाई थप कडाइ गर्नेछौं।’

उनले निषेधाज्ञाको उल्लंघन गर्नेलाई कानूनी कारवाही हुने चेतावनी समेत दिए।