logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दीपक मनाङेले लिए मन्त्रीको शपथ


अंकुरण खबर
1.053K
Shares

गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) नियुक्त भएका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितीमा प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्री गुरुङलाई शपथ खुवाएका हुन् ।

प्रदेशसभामा सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइ मत विभाजन हुन लागेको बेलामा मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गरे । मत विभाजनमा प्रभाव पार्नसक्ने देखिएपछि स्वतन्त्र सांसद गुरुङलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्री गुरुङले आफूसँग युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्षमता रहेको जिकिर गरेका छन् । खेलकुदको क्षेत्रमा आफूलाई पर्याप्त ज्ञान भएकोले काम गर्न सहज हुने उनले बताए ।