logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोलिदेखि मृत्यु संस्कार र जरुरी काम बाहेकलाई पास जारी नहुने


अंकुरण खबर
910
Shares

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबारदेखि मृत्यु संस्कार र अत्यन्तै जरुरी काम बाहेकलाई सवारी पास जारी नहुने जनाएको छ ।

विहिबार विज्ञप्ती प्रकाशित गर्दै प्रशासनले निषेधाज्ञा अवधीभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरु, बिरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तिक संस्था, बिमा लगायत राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तिक कारोबार गर्ने संस्थाका कर्मचारी र एयरपोर्टमा जाने आउने यात्रुहरुको हकमा सवारी पास आवश्यक नपर्ने समेत जनाएको छ ।