लुम्बिनी प्रदेश सरकारमा सामेल ४ जना प्रदेशसभा सदस्यहरुलाई जनता समाजवादी पार्टीले केन्द्रीय स्तरबाट कुनै कारवाही नगरेको जनाएको छ ।
पार्टी अध्यक्ष महन्थ ठाकुरले बिहीबार लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई पत्र लेख्दै त्याहाको ६ सदस्यीय संसदीय दल गठन भई कार्यरत रहेको स्पष्ट पारी उनीहरुलाई पार्टीको केन्द्रीय स्तरबाट कुनै कारवाही नभएको जानकारी दिएका हुन् ।
यसै बीचमा लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई जसपाको लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयको प्रदेशसभा सदस्यबाट निष्काशन गर्ने निर्णय भएको थियो ।