पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको आज शल्यक्रिया गरिने भएको छ ।
वीर अस्पतालमा डा. भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरको आज शल्यक्रिया गरिने भएको हो।
भट्टराईको डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गर्नेछ । भट्टराई भारतको दिल्लीमा केही समयअघि परीक्षण गर्दा पेटमा ट्युमर रहेको र चाँडै शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए ।