खानेपानी मन्त्री मणि थापालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि छ ।
कोरोना पुष्टि भएपछि मन्त्री थापा चिकित्सकको निगरानीमा रहेका छन् । उनी सरकारी निवासमै आइसोलेस बसेका छन् । उनलाई सामान्य शरीर दुखाइ र थकानको महसुस भएको र कडा लक्षण भने नदेखिएको बताइएको छ ।
यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, नेता विष्णु रिजाल र खिमलाल भट्टराईमा संक्रमण पुष्टि भएको थियो ।