स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्सलाई एकीकृतरूपमा परिचालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ७७ वटै जिल्ला प्रशासनलाई आज पत्र लेख्दै जिल्लामा सञ्चालित एम्बुलेन्सलाई एकीकृतरूपमा सञ्चालन गरी सेवाग्राहीलाई सहज गराउन अनुरोध गरेका हुन् ।
प्रवक्ता अधिकारीको पत्रमा लेखिएको छ, “कोभिड–१९ को सङ्क्रमण बढ्दै गएर व्यवस्थापनमा चुनौतीहरू थपिँदै जाँदा नियमित स्वास्थ्य सेवा लिन तथा सङ्क्रमितलाई अस्पताल पुर्याउन समस्या भइरहेको अवस्था छ। त्यसैले, जुनसुकै निकायबाट सञ्चालित एम्बुलेन्सहरू जिल्लाभित्र एकीकृतरूपमा परिचालन गरी सेवाग्राहीलाई सहज हुने गरी १०२ नम्बरको व्यवस्था गरिदिन अनुरोध छ।’
देशभरकै स्वास्थ्य संस्था एवं सम्बन्धित निकायहरूलाई मिलेर सेवा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले ७७ वटै जिल्लाका प्रशासनसँग पत्रमार्फत निर्देशन जारी आग्रह गरेको छ ।