logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्वोच्चले तोक्यो रिट निवेदन र सुनुवाइ समय


अंकुरण खबर
845
Shares

सर्वोच्च अदातलले कोभिड–१९ को महामारीका कारण लकडाउन भएको अवस्थामा रिट निवेदन दर्ता गर्ने र सुनुवाइको समय निर्धारण गरेको छ।

अदालतले तोकेको समयानुसार बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट तथा कोभिड महामारी, जीवन र जनस्वास्थसँग सम्बन्धित रिट निवेदनहरु दर्ताको समय बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म रहेको छ।

ती रिट निवेदनमध्ये बन्दी प्रत्यक्षीकरणको निवेदन दिउँसो १ः०० बजेसम्म दर्ता गर्न आएमा सोही दिन सुनुवाइ हुने र सो उपरान्त दर्ता हुन आए भोलिपल्ट सुनुवाइ गर्ने तय गरिएको छ। सर्वोच्च अदालतका उपरजिष्ट्रार राजु ढुङ्गानाका अनुसार सुनुवाइका क्रममा सम्बन्धित मुद्दामा एक÷एक पक्ष र  एक÷एकजना कानून व्यवसायी मात्र इजलासमा उपस्थित भएर बहस पैरवी गर्ने निर्णय भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सम्पूर्ण न्यायाधीशहरुको यही वैशाख १४ गते बसेको पूर्ण बैठकले उपत्यकामा निषेधाज्ञा जारी भएको अवस्थामा अदालतबाट दिने सेवा कटौती गर्ने गरेको थियो।

पूर्ण बैठकले बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन तथा कोभिड महामारी, जीवन र जनस्वास्थसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गर्ने निर्णय गरेको थियो। अदालतले सोही निर्णयानुसार रिट दर्ता गर्ने र सुनुवाइ गर्ने  समय निर्धारण गरेको हो।