logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निर्वाचन आयोगले तोक्यो उपनिर्वाचनको मतदान केन्द्र


अंकुरण खबर
1.326K
Shares

बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकिएको छ।

निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने निर्वाचनका लागि राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम मतदान केन्द्र तोकेको हो।

मकवानपुरको हेटौंँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविलाई मतदानस्थल तोकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन् । मतदानस्थलमा प्रदेशसभा सदस्य ११० जनाका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र (ख) गरी छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको उनले जानकारी दिए ।

आयोगका अनुसार निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्युटर अपरेटरका लागि राष्ट्रियसभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम आजै शुक्रबार सम्पन्न गरिएको छ।