logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महामारीमा रोजगारी गुमाउने श्रमिकको जीविकोपार्जनमा सहयोग गर्न राष्ट्रपतिको आग्रह


अंकुरण खबर
845
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने असंख्य श्रमिकप्रति सम्मान प्रकट गरेकी छन् ।

आज श्रमिक दिवसका अबसरमा शुभकामना दिंदै उनले दिवसले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीविलाई एकताका सुत्रमा बाँध्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले महामारीविरुद्ध अग्रपंक्तिमा काम गर्ने श्रमिकहरुको सुरक्षा एवं प्रोत्साहनका लागि उचित व्यवस्था गर्न तथा रोजगारी गुमाउने श्रमिकको जीविकोपार्जनका लागि आवश्यक प्रबन्ध गर्न सम्बद्ध पक्षको ध्यान आकृष्ट समेत गरेकी छन् ।