logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हवाई उडान पनि बन्द गर्न सिफारिस


अंकुरण खबर
1.573K
Shares

आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्न सीसीएमसीले सरकारलाई सिफारिस गरेको छ।

शुक्रबार उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वमा सिंहदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले कोरोनाको जोखिम बढ्दै गएको निष्कर्षसहित सरकारलाई यस्तो सुझाब दिएको हो।

कोरोना संक्रमण रोकथामका लागि यसअघि गरिएका निर्णयको प्रभावकारी कार्यान्वयन तथा स्वास्थ्य व्यवस्था थप बलियो बनाउनुपर्ने सिफारिस पनि सीसीएमसीले मन्त्रिपरिषद्लाई गरेको जनाइएको छ ।

बैठकले कोरोना संक्रमणको चेन ब्रेक गर्नका लागि र यसलाई थप फैलिनबाट रोक्नका लागि थप कदम चाल्नसमेत मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।