logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा ३ लाख ९२ हजारभन्दा बढीमा संक्रमण, डिस्चार्ज हुनेको संख्या पनि ३ लाख नाघ्यो


अंकुरण खबर
728
Shares

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ४८८ जनामा कोभिड १९ संक्रमण देखिएको छ।

शनिबार हालसम्मकै बढी ४ लाखभन्दा बढीमा संक्रमण देखिएको थियो। यस्तै, संक्रमणका कारण एकैदिन थप ३ हजार ६८९ जनाको मृत्यु भएको छ।

आइतबार बिहानसम्म ३ लाख ७ हजार ८६५ जना संक्रमण मुक्त भएका छन्। जससँगै भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३३ लाख ४९ हजार ६४४ पुगेको छ।

भारतमा हालसम्म १ करोड ९५ लाख ५७ हजार ४५७ जनामा कोभिड-१९ संक्रमण देखिँदा २ लाख १५ हजार ५४२ जनाको मृत्यु भइसकेको छ।