हङकङले नेपालबाट हुने हवाई उडानमा रोक लगाएको छ ।
शनिबारबाट लागू हुने गरी हङकङले काठमाडौं विमानस्थलबाट हुने उडानमा रोक लगाएको हो ।
हङकङले यसअघि भारत, पाकिस्तान र फिलिपिन्सबाट आउने जहाजहरुको उडान समेत रोकिसकेको छ । दक्षिण एसियामा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टका कारण धेरै मुलुकहरुले यस भेगबाट हुने यात्रामा क्रमशः कडाई गर्दै लगेका छन् ।
हङकङको पछिल्लो नियम अनुसार कुनै एक गन्तव्यबाट आएका कम्तीमा ५ र सो भन्दा बढी मानिसमा कोरोना देखिएमा दुई साताका लागि उडान रोक्ने गरिएको छ । अघिल्लो लहरका बेला हङकङमा नेपाल एयरलाइन्सको उडान सोहीकारण पटक पटक रोकिएको थियो ।