logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतितोला एक सय रुपैयाँले बढ्यो सुनको भाउ


अंकुरण खबर
676
Shares

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज प्रतितोला चाँदी १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।