logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश १ मा एक भारतीयसहित चारजना संक्रमितको मृत्यु


अंकुरण खबर
2.34K
Shares

प्रदेश १ मा बितेको २४ घण्टामा चार जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा एक भारतीय नागरिक पनि छन्। मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत भारतीय नागरिकको मृत्यु भएको अस्पतालका कोभिड १९ इन्चार्ज सुनिल देवले जानकारी दिए।

उनी व्यापारिक कामको सिलसिलामा विराटनगरस्थित आफन्त कहाँ बस्दै आएका थिए।

यस्तै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ताप्लेजुङका ५९ वर्षीय पुरुषको पनि मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता चुडामणि पोखरेलले जानकारी दिए।

त्यसैगरि, विराटनगर १० स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–६ की ६८ वर्षीया वृद्धाको आइतबार बिहान ६ बजेर ४० बजेतिर मृत्यु भएको केन्द्रका संयोजक बैजनाथ साहले जानकारी दिए।