प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
बालुवाटारमा बसेको नेकपा एमाले स्थायी कमिटीको सकिएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।
ओलीले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका थिए । स्थायी कमिटी बैठकमा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछिको अवस्था, पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।