सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यको रिट दर्ता गर्न अस्वीकार गरेको छ।
पार्टीले गरेको कारबाहीविरुद्ध आज रिट दर्ता गर्न सर्वोच्च पुगेका चार सांसदको रिट सर्वोच्चले दर्ता गर्न अस्वीकार गरेको हो ।
प्रदेशसभामा जनता समाजवादी पार्टीको तर्फबाट सांसद रहेका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले आफूलाई पार्टीले गरेको कारबाहीविरुद्ध रिट दर्ता गर्न आज सर्वोच्च अदालत पुगेका थिए।
कोरोना संक्रमणका कारण यसअघि नै सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण र कोरोना बाहेकका सबै सेवा स्थगन गरिसकेकाले उनीहरुको रिट दर्ता हुन नसकेको हो ।
सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलका अनुसार कोरोना संक्रमणका कारण सेवा स्थगित भएकाले लुम्बिनी प्रदेशका ४ सदस्यको रिट दर्ता भएन। सर्वोच्च स्रोतका अनुसार कोरोनाका कारण अरु सेवा स्थगित गर्ने निर्णयअनुसार उनीहरुको रिट आज दर्ता नभएको र फिर्ता पठाइएको छ।