लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएका छन् ।
प्रदेश प्रमुख धर्मनाथ यादवले नेकपा एमालेका लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम प्रदेश प्रमुख यादवले प्रदेश मुख्यमन्त्री पदमा पोखरेलाई नियुक्त गरेका हुन् ।
बहुमतका लागि ४१ सांसद आवश्यक पर्दछ। एमाले र चार विपक्षी दलका संसद्मा समान ४०–४० सांसद भएपछि सभामुख पूर्णबहादुर घर्ती निर्णायक भएका छन् ।
