लुम्बिनी प्रदेशमा नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन्।
राजीनामा दिनेमा कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाही रहेका छन्।
मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त भएपछि उनीहरूले असन्तुष्टि जनाउँदै आज पदबाट राजीनामा दिएका हुन्। आफूहरूले राजीनामा पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेको सांसद पाण्डेयले बताए।
त्यस्तै बिहानमात्रै विमला वलीले पनि एमाले छोडेर माओवादी केन्द्र प्रवेश गरिसकेकी छन्
