logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा पछिल्लो २४ घण्टामा थपिए हालसम्मकै धेरै कोरोना संक्रमित


अंकुरण खबर
858
Shares

नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। पछिल्लो २४ घण्टामा मात्र ७ हजार बढी संक्रमित भेटिएका छन्।

१६ हजार ७ सय ७० जनाको परीक्षण गर्दा ७ हजार २ सय ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  यो हालसम्मकै सबैभन्दा उच्च संख्या हो ।

१६ हजार १ सय ४७ जनाको पिसिआर गर्दा ७ हजार १ सय ३७ जना र ६२३ जनाको एन्टीजेन गर्दा ७४ जनामा कोरोना पुष्टि भएको हो । कुल संक्रमितमध्ये हाल ४८ हजार ७ सय ११ जना सक्रिय संक्रमित छन् । हाल ६७ जना संक्रमित क्वारेन्टा्रइनमा छन्।

आज थपिएका संक्रमितमध्ये ३ हजार ५ सय ९५ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा २ हजार ७ सय ४४ जना, ललितपुरमा ५५० जना र भक्तपुरमा ३०१ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

आज एक हजार ६ सय १२ जना उपचारपछि डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ३६ हजार ३० पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४८ हजार ७ सय ११ पुगेको छ । त्यस्तै संक्रमित मध्ये दुई लाख ८३ हजार ९ सय ९४ जना निको भएका छन् ।
मन्त्रालयका अनुसार तीन हजार ३ सय २५ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।