logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नयाँ सरकार गठन गर्न लुम्बिनीमा ४२ सांसदले बुझाए हस्ताक्षर (सूचीसहित)


अंकुरण खबर
2.717K
Shares

लुम्बिनी प्रदेशमा आज मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका शंकर पोखरेललाई हटाएर नयाँ सरकार बनाउन माग गर्दै बहुमत प्रदेश सांसहरुले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका छन्।

नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै दावी पेश गरिएको हो । प्रदेश प्रमुख धर्म यादवको सचिवालयमा पेश गरिएको प्रस्तावमा ४२ सांसदले हस्ताक्षर गरेका छन् ।

उनीहरुले अल्पमतलाई एकल बहुमत भनेर किर्ते गरेर मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरिएको भन्दै नयाँ सरकार गठनका लागि हस्ताक्षर पेश गरेका हुन् ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसँग बुझाइएको निवेदनमा बिपक्षी दलका ४२ सांसदको हस्ताक्षर छ। ८० सांसद रहेको प्रदेशसभामा ४२ सांसदले नयाँ सरकार गठनका लागि नामावलीसहित हस्ताक्षर बुझाएका हुन।

आजै मात्रै राजीनामा दिएर फेरि बहुमत रहेको दाबी सहित पोखरेल मुख्यमन्त्री नियुक्त भएपछि ४२ सांसदले बुझाएको हस्ताक्षरपछिको घटनाक्रमलाई चासोका साथ हेरिएको छ।

यी हुन् हस्ताक्षर गर्ने ४२ सांसद्